हुप्सेकोट गाउँपालिका अध्यक्षको घर जलाएको आरोपमा तरूण दल क्षेत्रीय अध्यक्ष पक्राउ

चितवन | मंसिर १, २०८२

हुप्सेकोट गाउँपालिका अध्यक्षको घर जलाएको आरोपमा तरूण दल क्षेत्रीय अध्यक्ष  पक्राउ

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पक्राउ पर्नेमा कावासोती नगरपालिका ८ का तरुण दलका क्षेत्रीय सभापति अमित गिरी, अविनाश काफ्ले, कुमार पुलामी र हुप्सेकोट गाउँपालिका १ का कमल खनाल रहेका छन् ।

 

अध्यक्ष पाण्डेलगायत जनप्रतिनिधिहरूले दर्ता गराएको किटानी जाहेरीको आधारमा उनीहरूलाई शनिबार बिहान ११ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मधु नेपालले बताए ।

 

कावासोतीका गिरी नेपाली कांग्रेससम्बद्ध तरुण दलका क्षेत्रीय सभापति हुन् । पालिका अध्यक्ष पाण्डे पनि कांग्रेसबाट दोस्रोपटक निर्वाचित पालिका अध्यक्ष हुन् । उनी गाउँपालिका महासंघको अध्यक्ष पनि हुन् ।

 

यसअघि प्रहरीले हुप्सेकोट प्रहरी चौकीमा आगजनी र तोडफोडमा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिएको थियो । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरिसकेको छ ।

पोखरा:  राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ ।   महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

थप पढ्नुहोस्

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

थप पढ्नुहोस्

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

थप पढ्नुहोस्